नौलोघुम्तीमा क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

पोखरा । इन्टरनेश्नल टेबुल टेनिस फिडेरेशन (आइटिटिएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचािलत टेबुलटेनिस फर न्यु लाईफ परियोजनाले सरोकारवाला निकायहरुलाई २ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न गरेको छ ।

सो अवसरमा खेलकुदले विकासमा पार्ने भुमिका, विकासमा खेलको भुमिका, विकासमा टेबलटेनिस खेलको महत्व, टेवलटेनिस खेलले समाज र व्यक्तिमा पार्ने सकरात्मक असरहरुको वारेमा प्रशिक्षण आइटिटिएफकी कार्यक्रम संयोजक जुलिया टपेन्ड्रफले दिएकी थिइन् ।

नौलो घुम्ती नेपालका अध्यक्ष बद्रीबिनोद खनालको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा , नौलो घुम्ती नेपालका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक खड्गबहादुर रानाभाट, अखिल नेपाल टेवलटेनिस संघका केन्द्रिय अध्यक्ष चतुरानन्द वैद्य, जिल्ला टेवलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी, नौलो घुम्ती नेपालका कार्यकारी अधिकृत अनेश गुरुङलगायतले आइटिटिएफको सहयोगमा संचालित परियोजनाको वारेमा आफ्ना भनाई राखेका थिए ।

 

दुइ दिनसम्म संचालित उक्त कार्यशालामा जिल्ला प्रशासन कार्यालय कास्की, नौलो घुम्ती नेपाल, रिकभरीङ नेपाल, गौरव नेपाल, गेटवे फाउण्डेशन, जिल्ला प्रहरी कार्यालय कास्की, स्वतन्त्र पत्रकार संघ कास्कीलगायतका संघसंस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...