मेची महाकाली मिडिया सोसाइटीको तेस्रो अधिवेशन पोखरामा

पोखरा २७, माघ /राजधानी बाहिर कार्यरत पत्रकारहरुको संस्था मेची महाकाली मिडिया सोसाइटी नेपालको तेसा्रे राष्ट्रिय महाधिवेशन फागुन २ गते देखि ४ गते सम्म पोखरामा हुने भएको छ । सोसाइटीले आज पोखरामा पत्रकार सम्मेलन गरी महाधिवेशनको अन्तिम तयारीको बारेमा जानकारी दिएको हो । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा मेची महाकाली सम्मका करिब ३० जिल्लाबाट महाधिवेशन प्रतिनिधि एंव पर्यवेक्षक गरी १ सय ५० जनाले सहभागीता जनाउने मेची महाकाली मिडिया सोसाइटी, नेपाल तेस्रो महाधिवेशन आयोजक समितिका मुल संयोजक माधव शर्माले जानकारी दिए । सोही अवसरमा स्वं टंका देवी तुलसी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकमा कार्यरत युवा पत्रकार ईश्वरी न्यौपानेलाई सम्मान गरिने भएको छ ।

मेची महाकाली मिडिया सोसाइटीद्धारा स्वं टंका देवी तुलसी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पोखरामा रहि सत्य तथ्य र वस्तु परक समाचार संप्रेषण गरी समाज विकासमा पु¥याएको योगदानको कदर स्वरुप न्यौपानेलाई सम्मान गर्न लागेको अध्यक्ष शर्माले जानकारी दिए । पुरस्कारको राशि २० हजार १ रुपैँया नगद दोसल्ला र प्रमाणपत्र रहेको छ ।

कमेन्टहरु
Loading...