मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमूखिकरण कार्यक्रम

पोखरा । शुभ अवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरको सहयोगमा अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले समाजमा हुने विकृति विसंगती न्यूनिकरण गर्न यस्ता कार्यक्रम फलदायी हुने बताए ।

शुभ अवसर ग्राम नेपालकी परियोजना संयोजक हेमलता वोडुको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महनगर पालिका वडा नं. १ की वडा सदस्य शोभा गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरकी सभापति जीवन अधिकारी वेदप्रसाद वस्तीले बोलेका थिए ।

कमेन्टहरु
Loading...