सकारात्मक सन्देशका लागि गीति नाटक प्रदर्शन

पाेखरा । द आर्टअफ लिभिङ पाेखराकाे आयाेजनामा रामायणका पात्रकाे जिवनमा आधारित ‘राम लाला कि माता` गीति नाटक हाल‌ै प्रदर्शन भएकाे छ । साे नाटक केवल मनाेरंजनका लागि  मात्रै  नभएर सन्देशमुलक पनि भएकाे आयाेजक तथा दर्शकहरुले बताएका छन् ।
समाजका हरेक नकारात्मक पक्ष भित्र सकारात्मक पक्ष पनि लुकेकाे हुन्छ भन्ने सन्देश दिनका लागि नाटक आयाेजना गरिएकाे आयाेजकहरु मध्येका याेग प्रशिक्षक समेत रहेका साजन थापाले बाताए ।
हाम्रो पा‌ैराणिक ग्रन्थ रामायणमा आधारित भगवान  की आमा  कैकेयी र उनकी सहयोगी मन्थरा द्वारा भगवान रामलाई १२ बर्ष बनबास पठाएको शन्दर्भलाई जाेडेर चित्रण गरिएकाे थियाे ।
हरेक कुरा तथा प्रसङ्गमा सकारात्मकता देख्न सकिन्छ भन्ने ज्ञान को संदेश दिई यो ‘राम लाला कि माता’ गीति नाटकको शुरुवात भएको हाे । आर्टअफ लिभिङ बंगलोर आश्रमका १८ जना कलाकारहरुकाे टोलीले संगीत, नृत्य तथा भजन समाबेश थिए।
 पाेखरा उध्याेग बाणिज्य संघकाे हलमा भएकाे साे कार्यक्रममा ४५० जना भन्दा बढीको दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे । पोखराका अध्यात्मिक तथा धार्मिक संघ संस्था राम मन्दिर ब्यबस्थापन समिति , केदारेश्वोर मन्दिर ब्यबस्थापन समिति, बिन्ध्यबासिनी मन्दिर ब्यबस्थापन समिति, संस्कृत विद्यालय ब्यबस्थापन समिति , हनुमान मन्दिर ब्यबस्थापन समिति, इस्कोन ब्यवस्थापन समिति, ओम शान्ति ब्यबस्थापन समिति, राधे राधे ब्यबस्थापन समिति , ओशो ब्यवस्थापन समिति, पतंजली ब्यबस्थापन समिति , हिन्दु महासंघ समिति, कृष्ण प्रणामी समिति , मनोक्रान्ति ब्यबस्थापन  समिति , सिद्धआश्रम शक्ति केन्द्र समिति लगाएतकाे संस्थागत उपस्थिति रहेकाे थियाे ।
कमेन्टहरु
Loading...