सिर्जना मार्ग टोल विकास संस्था नयाँगाउँको अध्यक्षमा पुनः बिष्णु प्रसाद तिवारी

पोखरा । श्री सिर्जना मार्ग टोल विकास संस्था पोखरा १५ नयाँगाउँको अध्यक्षमा पुनः विष्णु प्रसाद तिवारी निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको पाँचौ वार्षिक साभारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा तिवारी निर्वाचित भएका हुन् ।

त्यस्तै उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक प्रसाद बुढा मगर, उपाध्यक्षमा दुर्गा प्रसाद तिवारी, सचिवमा केदार प्रसाद पोखरेल, कोषाध्यक्षमा तुल्सिराम लामिछाने, सहसचिवमा केशवदेव पाण्डे र सहकोषाध्यक्षमा रिमा लामिछाने निर्वाचित भए ।

त्यसैगरि सदस्यमा राजन परियार, कृष्ण खड्का, गंगा सुनार, मोतिलाल रेग्मी, मुना खत्री, हुम बहादुर गरबुजा रहेका छन् । संस्थाको सल्लाहकारमा गोपाल बहादुर कुवँर, धन बहादुर बोगटी र ईन्द्र प्रसाद सापकोटा चयन भए । निर्वाचन मण्डलका संयोजक शोभानाथ तिवारी थिए ।

कमेन्टहरु
Loading...