पोखरा । माझठाना पोखरा सम्पर्क समाजको छैठौ साधारण सभा चौथो अधिवेशले भोला ओझाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सम्र्वसम्वत चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्षमा शारदा लामिछाने, द्धितीय उपाध्यक्षमा रामकृष्ण तिवारी, सचिवमा नरेश तिवारी, सहसचिवमा रामचन्द्र तिवारी, कोषध्यक्ष विष्णुहरि तिवारी, सहकोषाध्य वद्रीनाथ भुर्तेल निर्वाचित भएका छन् ।
त्यसैगरि संस्थाको सदस्यहरुमा पुजन शर्मा,धनकुमारी भुर्तेल, राधिका भुर्तेल, यज्ञप्रसाद तिवारी, हरिप्रसाद कडेल, विनोद तिवारी, समन्तराज तिमिल्सिना, प्रकाशमणी तिवारी, सुमनबाबु अधिकारी र अमृतसागर तिवारी रहेका छन् ।
समाजसेवी नन्दलाल तिवारीले अधिवेशनको उद्घाटन गर्दै पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको माझठानाको समग्र विकासमा संस्थाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखला, उर्वरभूमी माझठानाको टारी, हरियाली सहित वेगनासतालको मनोरम दृष्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउने खालका भौतिक निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
पोखरा २८ का वडाअध्यक्ष एवम् संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछानेले यस क्षेत्रको विकासका लागि वडा र संस्था विच सहकार्य गर्नुपर्ने बताउँदै समृद्धिका लागि उत्पादनमा जोड दिनु पर्ने आवश्यकता औल्याए ।
माझठाना जन्मभई पोखरामा बिभिन्न पेशा व्यवसायमा आवद्धहरुको सो संस्थाले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो विमोचन गर्नुको साथै सो समारोहमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विरेन्द्र भण्डारी, नेकपा एमाले पोखरा महानगर उपाध्यक्ष मोहन गुरुङ, ट्याक्सी व्यवसायि कम्पनीका अध्यक्ष प्रकाशमणी तिवारी, संस्थाका पूर्व अध्यक्ष दुर्गादत्त भुर्तेल, सल्लाहकार तोयनाथ लामिछाने र सूर्यप्रकाश तिवारी, ग्रिन विकास वैकका प्रमुख हरिबहादुर बुढाथोकी लगायतले संघसंस्थाको महत्व माथि चर्चा गरेका थिए ।