जेठमा सर्‍याे जसपाको विधान अधिवेशन

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ।

पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ। यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो। तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेकाले विधान अधिवेशन सारिएको थापाले बताए।

कमेन्टहरु
Loading...