पोखरामा इन्द्रप्रसादले गरे आत्मदाह

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित समृद्धि टोल बस्ने ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आत्मदाह गरेका छन् ।

स्याङजा अर्जुनचौपारी गाउँपालिका वडा नं.१ स्थायी घर भएका अर्यालले मंगलबार(आज) दिउसो बिरौटामा डेरा गरि बसेको घरको कोठामा आत्मदाह गरेका हुन् । आत्मदाहको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले गन्थनलाइ जानकारी दिए । उनका अनुसार अर्यालसँग उक्त डेराको कोठामा श्रीमती, छोरी र भतिजसँग बस्ने गर्थे ।

प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको र शरिर जलेर निधन भैसकेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको समयमा अर्यालमात्र एक्लै कोठामा थिए ।

घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...