मुक्तिनाथ स्मृति प्रतिष्ठानबाट श्रष्टा सम्मान

पोखरा । मुक्तिनाथ स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा श्रष्टा पण्डित मुक्तिनाथ शर्माको चौतिसैं स्मृती दिवस तथा पाँचौ अधिवेशन एक समारोहको आयोजना गरी सम्पन्न भएको छ ।

समारोहमा विभिन्न क्षेत्रका प्राज्ञहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेपाली तथा अङ्ग्रेजी साहित्यमा योगदान पुर्याए बापत श्रष्टा डा. यमबहादुर क्षेत्री, विष्णु प्रसाद पौडेल छन् भने आफ्नो पूर्खौली पेशालाई निरन्तरता दिएबापत रामबहादुर सुचिकारलाई सम्मान गरिएको छ । त्यसैगरी सारङ्गीका बरिष्ठ प्रशिक्षक एवं गायक खिमबहादुर गायकलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति एवं वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान गरे ।

सो अवसरमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले नेपालको राजनिति इतिहासमा नै हलो क्रान्ति र को अछुत ? जस्ता कृति लेख्ने मुत्तिनाथका योगदानको उचित कदर हुन नसकेको बताए । पण्डितको छोरा भएपनि उनले २००१ सालमा आफ्नै बारीमा हलो जोतेर हलो क्रान्तिको सन्देश दिएका थिएभने २०११ सालमा जातीय छुवाछुत विरुद्धमा को अछुत ? भन्ने सामाजिक उपन्यास लेखेर समाज परिवार्तन गर्न योगदान पुर्याएका थिए ।

२००७ सालको क्रान्तिमा प्रजातन्त्र स्थापजनाको लागि कास्की जिल्लाबाट आन्दोलनको नेतृत्व गर्नुमा उनको योगदान रहेके थियो । उनलाई बौद्धिक, साहित्यीक, राजनितिक, सामाजिक, शैक्षिक एवं बिकासप्रेमी र महानव्यक्तिका रुपमा पोखरेलीले लिदै आएका छन् ।

कार्यक्रममा सम्मानित व्यत्तित्व प्राडा यमबहादुर क्षेत्री, प्राडा विष्णुप्रसाद पौडेल, संस्थाका अध्यक्ष मोहन थापा, वडा न १६ का अध्यक्ष अमृत प्रसाद तिमिल्सिना, सहसचिव भिम बहादुर गायक, रामबहादुर बानिया, प्रकाश तिमिल्सिना, रुद्रप्रसाद देवकोटा लगायतले बोलेका थिए ।

यसैगरी सो प्रतिष्ठानको अधिवेशनले प्रकाश तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष कमला तिमिल्सिना, सचिव पुष्पराज तिमिल्सिना, सहसचिव भिम गायकर कोषाध्यक्ष सविना तिमिल्सिना रहेका छन् ।

त्यस्तै सदस्यमा रुद्रनाथ देवकोटा, टंकनाथ तिमिल्सिना, किरण तिमिल्सिना र अम्बर बहादुर थापा चयन भएका छन् ।

कमेन्टहरु
Loading...