नेकपा एस र माओवादी केन्द्रका नेताहरू एमाले प्रबेश

पोखरा । । नेकपा (एमाले) पोखरा महानगर वडा नं. ३३ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन्।

नेकपा एमाले पोखरा ३३ वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरिय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कास्की जिल्ला कमिटी सचिबालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य, समाजबादी युवा संघ गण्डकी प्रदेश कमिटी सदस्य रबि प्रसाद आचार्य व डा कमिटी सदस्य मीन बहादुर नेपाली, प्रबिण आचार्य, सुमन पौडेल रामेश्वर बस्टाकोटी, कृष्ण प्रसाद पौडेल सहितका दर्जन बढी नेता कार्यकर्ताहरू एमाले प्रबेश गरेको हुन् ।

उनीहरूलाइ एमाले केन्द्रिय कमिटी सदस्य तथा अभियानका पोखरा महानगर कमिटीका लागि केन्द्रिय प्रतिनिधि मायानाथ अधिकारी, केन्द्रिय सदस्य बिद्या भट्टराई पार्टीका प्रदेश कमिटी उप सचिब रश्मि आचार्य, प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल सहितका नेताहरूले स्वागत गरेका थिए ।

एमाले प्रबेश गर्दै नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिबालय सदस्य टुकराज भण्डारीले अब कुनै पनि बहकाबमा नलागी सक्षम कार्यकर्ता निर्माण गर्दै जनताको प्यारो र बिकासको अगुवा पार्टी एमालेमा कृयाशिल हुने प्रतिक्रिया दिए ।

साबिक भरत पोखरी गाविस रहँदा सो पार्टीका सचिब समेत रहेका भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रबाह एमालेमा गोलबन्द हुन सम्पूर्ण जनतालाइ आह्वान गर्दै एमालेमा सबैलाई समाहित गर्ने अभियानमा सक्रियतापूर्बक लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्यले माओवादी केन्द्र कम्युनिस्ट आन्दोलनबाट बिचलित भएको र देश बिकासलाइ तिलान्जली दिएर नीति र सिद्धान्तहिन पार्टी बनेको भन्दै समृद्धि र बिकासको नेतृत्व गर्ने पार्टी एमालेमा समाहित भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गरे ।

सो भेलामा पार्टिका प्रदेश कमिटी सचिबालय सदस्य टिकाराम पँगेनी, जिल्ला कमिटि कास्किका उपाध्यक्ष तेज नारायण अधिकारी, एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, जिल्ला कमिटी सचिवालय सदस्य शिव प्रसाद आचार्यलगायतको उपस्थिति रहेको पार्टीका गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

वडा कमिटी अध्यक्ष दिपक राज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कमिटिका कार्यवाहक सचिव रमेशराज आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...