पोखरा । अन्नपूर्ण बाल तथा महिला हस्पिटलमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
उक्त स्वास्थ्य शिविरमा ज्ञान गङ्गा एकेडेमी पोखरा–१४ का ६५ जना बालबालिका र १८ जना स्थानीय गरि ८३ जनाले स्वास्थ्य जाँच गराएका छन्।
शिबिर संचालनमा पोखरा कै एक मात्र डी.एम नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा.राजन पौडेल, बालरोग बिशेषज्ञ डा.बिधान घिमिरेले सेवा दिएका थिए ।
स्वास्थ्य जाँच गर्ने क्रममा ज्ञान गङ्गा एकेडेमीका प्रध्यानाध्यापक शिला थापाले अन्नपूर्ण बाल तथा महिला अस्पताल लाई धन्यबाद व्यक्त गरेकी छिन् । उनले यसरि बालबालिकालाई स्वास्थ्य चेकजाँच गरिदिँदा अभिभाबक बेलैमा सचेत रहने अपेक्षा गर्दै अस्पताल परिवार प्रति आभारी रहेको बताइन् ।
सोहि सिबिर संचालन गर्ने क्रममा अन्नपुर्ण बाल तथा महिला अस्पताल का निर्देशक सन्तोष पाण्डेले अन्नपुर्ण बाल तथा महिला हस्पिटल छिटो, छरितो र गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको जानकारी दिए ।
साथै उनले आगामी दिनमा विद्यालयसँग सहकार्य गरि विद्यालयका बालबालिका लाई २० प्रतिशत छुट दिने बताए ।
सोहि सिबिर संचालन गर्ने क्रममा ज्ञान गङ्गा एकेडेमीका शिक्षक शिब गौतम, मैनी महर्जन, कल्पना गुरुङ, लक्ष्मी केसी तथा बालबालिकाका अभिभावकको उपस्थिति रहेको थियो ।