पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा अवस्थित श्री आर्वा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो प्रथम बार्षिकोत्सब तथा स्थापना दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न गरेको छ।
सप्ताहब्यापी कार्यक्रम चैत्र ६ गते बाट सुरु भएर चैत्र १२ गते समापन भएको हो।
स्थापनाको छोटो समयमानै छुट्टै पहिचान बनाउन सफल भएको यस सहकारिले माध्यमिक बिधालय स्तरिय निबन्ध लेखन प्रतियोगिता, बृहत सरसफाई कार्यक्रम, असहायलाई सहयोग, अन्तरक्रिया कार्यक्रम, खुल्ला रक्तदान कार्यक्रम, पाठेघरको क्यान्सर सम्बन्धि महिला सचेतना कार्यक्रम र जेस्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको कुरा संस्थाका अध्यक्ष नवीन बरालले जानकारी दिए ।
माध्यमिक बिद्यालय स्तरिय निबन्ध लेखन कार्यक्रममा क्रमशः पोखरा पब्लिक स्कुलकि छात्रा सम्रचना त्रिपाठि प्रथम, ताराकुन्ज सेकेन्डरी बिद्यालयका छात्रा सुयोग भण्डारी दित्तिय र लक्ष्मी आवासिय बिद्यालयकी छात्रा जोशिला अधिकारी तृतीय भएको कार्यक्रम संयोजक बिन्दु बरालले जानकारी दिइन् ।
बित्तिय कारोबार सँगसँगै संस्थाले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ ।
चैत्र ७ गते संस्थाले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक सृजना बरालले जानकारी दिइन। चैत्र ८ गते संस्थाले एक जना अपांग तथा अशक्त ब्यक्तीलाई स्वास्थ सामाग्री बितरण गरेको थियो । चैत्र ९ गते संस्थाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । चैत्र १० गते संस्थाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरि ४२ युनिट रगत सन्कलन गरिएको कार्यक्रम संयोजक श्रीनाथ वाग्लेले जानकारी दिए।
चैत्र ११ गते संस्थाले पाठेघरको मुखको क्यानसर सम्बन्धि महिला सचेतना कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा ६० जना भन्दा बढी महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक शोभा बास्तोला बरालले जानकारी दिईन् ।
सप्ताहब्यापी कार्यक्रमको अन्तिम कार्यक्रमको रुपमा संस्थाले चैत्र १२ गते जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो। उक्त कार्यक्रममा संस्थाले ७ जना जेस्ठ नागरिकहरुलाइ सम्मान गरेको हो।
एक औपचारिक कार्यक्रमबिच भएको जेस्ठ नागरिक सम्मान कार्यक्रम संस्थाका अध्यक्ष नवीन बरालको अध्यक्षतामा सम्पन्न गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर) का अध्यक्ष डिल्लिराम बराल रहेका थिए। कार्यक्रमको उद्धाटन प्रमुख अतिथीले बार्षिकोत्सबको केक काटेर गरेका थिए।
संस्थाले अत्यन्तै सराहनीय काम गरेको र छोटो समयमानै आफ्नो फरक पहिचान बनाउन सकेको कुरा प्रमुख अतिथी बरालले आफ्नो मतब्य मार्फत राखे ।
संस्थाका अध्यक्ष नवीन बरालले प्रथम बार्षिकोत्सबको अवसरमा सम्पुर्ण शेयर सदस्य तथा शुभ चिन्तक हरुलाई शुभकामना ब्यक्त गर्दै आगामी दिनमा संस्था अझै सुढृढ ,सबल र बलियोको साथै संस्थालाई परिस्कृत र परिमार्जित गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शोभित बरालले गरेका थिए।