पोखरा । प्रिमियम टेक्नोलोजी प्रालि काठमाडौं र पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था पोखरा बीच सहकारी सफ्टवयर राख्ने सम्झौता भएको छ ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ्ग र प्रिमियम टेक्नोलोजीजका प्रमुख कार्यकारी अधिकृत मोहन लाल वन बीच एक कार्यक्रम गरी सम्झौता गरिएको हो । कार्यक्रममा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रवन्धक तथा संस्थाका सुचना अधिकारी मिलन ढकालले नयाँ सफ्टवयर मार्फत सहकारीका सदस्यलाइ सेबा दिन पाउदा खुसी भएको प्रतिक्रिया दिए ।
त्यस्तै गरि प्रिमियम टेक्नोलोजीका गण्डकी प्रदेश प्रमुख रबिन्द्र राज पौडेलले सफ्टवरमार्फत पोखराका अन्य सहकारीलाइ समेत सेवा दिने गरि काम अगाडी बढेको बताए । पौडेलका अनुसार पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. मा फिन्याक्ट प्लस सफ्टवयर रहेको र उक्त सफ्टवयर २०६७ साल देखिका सम्पूर्ण तथ्याङ्कहरु जस्ताको तस्तै प्रिमियम सफ्टवयरमा आउने गरी सम्पूर्ण तथ्याङ्क माईग्रेसन गरी संचालनमा आएको बताए ।
के छन् प्रिमियम सफ्टवयरमा रहेका बिशेषताहरु ?
सय प्रतिसत ओपन सोर्स प्लाटफर्म (Open Source Platform) मा बिकास गरिएको ।
डाटा ब्याकप सफ्टवयरवाट आफै डाउनलोड गर्न सकिने ।
अन्य सफ्टवेयरका सबै तथ्याङ्क माइग्रेसन गर्न सकिने । (Full data migration)
नेपाली, अग्रेजी वा अन्य जुनसुकै भाषा प्रयोग गर्न सकिने ।
सदस्य वन्दै सदस्य पहिचान फारम भर्न सकिने (KYM)
तथ्याङ्क तथा सम्पुर्णकागज पत्रहरु पुर्णरुपमा डिजीटल रुपमा राख्न सकिने ।
सदस्यसंग वारम्वार डकुमेण्ड तथा फोटो मागीरहनु नपर्ने ।
अनलाईन मार्फत सदस्य बनाउन सकिने ।
नगद लिन आएको बखत ऋणी सदस्यलाई ऋण किस्ता नबुझाएको भए जाकरी गराउन सकिने ।
पासवुक चेक गरे नगरेको सजिलै थाहा पाउन सकिने ।
सदस्यको बचत जम्माको प्रमाणपत्र (Balance Cirtificate) निकाल्न सकिने ।
कर्मचारीको विभाग अनुसार सफ्टवेयर संचालन अनुमति दिने व्यवस्था ।
सेयर प्रमाणपत्र, मुद्धति प्रमाणपत्र, सदस्य कार्ड सजिलै प्रिन्ट गर्न सकिने ।
मौज्दात अनुसार ब्याजदर स्वत निर्धारण गर्न सकिने ।
बैकवाट प्राप्त व्याज सहि भए नभएको चेक गर्न सकिने ।
अन्तर सेवाकेन्द्र कारोबार स्वत मिलान गर्ने ।
संरक्षित पुजि फिर्ताकोष र सेयर वोनस रकम सहजै निकाल्न सकिने ।
नियमन निकायमा पठाउने सम्पुर्ण प्रतिवेदन सिधै पठाउन सकिने ।
PEARLS, Loan Ageing, STR, TTR, COPOMIS, goAML रिपोर्ट निकाल्न सकिने ।
चार खाताका सम्पुर्ण तथ्याङ्क÷प्रतिवेदन हेर्न सकिने ।
उत्कृष्ट कारोबारी सदस्य रिपोर्ट निकाल्न सकिने ।
कति जना सदस्यले सदस्यता त्याग गरे सजिलै हेर्न सकिने ।
सदस्यले संस्थावाट पाएका सुविधाहरुको रेकर्ड राख्न सकिने । सुत्केरी, बीमा, बृद्ध आदि
सदस्यहरुको बर्गिकरण गर्न सकिने । (उच्च, मध्यम र निम्न), (महिला, पुरुष र संस्थागत)
सदस्य वनाउदै कम्तीमा तिनवटा बचत खाता खोल्न सकिने ।
बजारबाट संकलन मोबाईल एप मार्फत गर्न मिल्ने । (Online, Offline mode)
धन÷धितो जमानत दिने सदस्यको बचत रोक्का राख्न सकिने ।
ऋणीको सम्पुर्ण डकुमेन्ट, नियमित ताकेता गर्दाको रेकर्ड राख्न सकिने ।
बीमा समाप्त हुनु अगावै सदस्यलाई सु–सुचित गराउन सकिने ।
अनलाईन मार्फत ऋणको माग गर्न सकिने ।
Line Of Credit ऋण दिन सकिने ।
बचत खातावाट ऋण खातामा स्वत भुक्तानी गर्न सकिने ।
धितो मुल्याङ्कन ठिक भए नभएको जाँच गर्न वा स्व मुल्याङ्कन गर्न सकिने ।
ऋण अनुसन्धान (५ सि)
ऋणी सदस्यहरुको नियमित ताकेता गर्दाको सम्पुर्ण रेकर्ड राख्न सकिने ।
सदस्यको तिर्नसक्ने क्षमताको आधारमा ऋण भुक्तानी तालिका तयार गर्न सकिने ।
आफ्नो अनुकुल GL खाताहरु बनाउन मिल्ने ।
मुल्य विवरण सहित नगद व्यवस्थापन गर्न सकिने ।
दुई वा दुई भन्दा बढी काउन्टर संचालम भएमा कस्को नगद कम तथा बढी भए पत्तालगाउन सकिने ।
रेमिटेन्सवाट सदस्यलाई आएको रकम सिधै बचत खातामा जम्मा गर्न सकिने ।