नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी ७ को आयोजनामा शनिबार घारिपटनमा जेष्ठ कम्युनिस्ट सम्मान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टी गतिविधिलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने वडा नम्बर ७ मा कम्युनिस्ट पार्टीलाई स्थापित गर्नको लागि अतुलनीय योगदान दिने ८९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मानको साथमा देशभर एमाले पार्टीले गरिरहेको ग्रास रुट अभियान समेत गरेको छ । कार्यक्रममा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज मायानाथ अधिकारीले बर्तमान समसामयिक राजनीति र आगामी कार्यक्रमको बारेमा प्रशिक्षण प्रदान गरे । प्रदेश कमिटी सचिवालय सदस्य दिलिप बिक्रम शाहिले पार्टी संगठन ब्यबस्थापन बारेमा प्रशिक्षण दिएभने महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले ग्रासरुट अभियानको उद्देश्यका बारेमा प्रस्टाएका थिए ।
वडा ७ पार्टी अध्यक्ष किशोर बरालको अध्यक्षतामा भएको कार्यक्रम सचिव गणेश श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कमिटी उपाध्यक्ष शारदा गिरिले राखेकी थिइन् ।
कार्यक्रममा कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारीले शुभकामना मन्तव्य राखेका थिएभने प्रदेश कमिट सदस्य बिद्या बिमल बरालले कार्यक्रमको औचित्य बारेमा प्रस्टाएका थिए ।