पोखरा । पार्टीको मिसन ग्रास रूट अभियान अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको पार्टी गाउँ सभा दल गठन गरिएको छ ।
सभा दलको संयोजकमा पालिका अध्यक्ष बिष्णु बहादुर केसी चयन गरिएको छ । त्यस्तै सहसंयोजकमा पालिका उपाध्यक्ष चन्द्रकला अधिकारी र सचेतकमा वडा अध्यक्ष भरतमान गुरूङलाई चयन गरिएको छ ।
सदस्यमा अन्नपूर्ण गाउँपालिकामा निर्वाचित सम्पुर्ण एमालेका जनप्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ ।
कार्यक्रममा मिसन ग्रास रूट अभियान को केन्द्रीय सहजकर्ता कल्पना चापागाई, गण्डकी प्रदेश सभा सदस्य देवका पहारी, पार्टी नेता पुण्यप्रसाद पौडेल , पालिका अध्यक्ष बिष्णु केसीलगाएतले पार्टी अभियानका बारेमा प्रस्टाएका थिए ।
कार्यक्रम पार्टी अन्नपूर्णका अध्यक्ष विवेक देवकोटाको अध्यक्षतामा सञ्चालन गरिएको थियोभने कार्यक्रम सञ्चालन कमिटीका सचिव मदन प्रसाद पौडेलले गरेका थिए । साथै मिसन ग्रस रूट अभियान कै कार्यक्रम अन्तर्गत अन्नपूर्ण वडा नम्बर २ ढिकुरपोखरीमा वडा भेला सम्पन्न भएको छ । भेलामा पार्टी नेता कल्पना चापागाई, लिलाधर पौडेल, दिपक पौडेल, विवेक देवकोटा लगाएतले वडा कमिटीले गर्नुपर्ने कामका बारेमा आफ्ना कुरा राखेका थिए । बैठकको अध्यक्षता नारायण भण्डारीले गरेका थिए ।