पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा अवस्थित श्री आर्वा बहुउद्देश्यीय सहकारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको पहिलो बार्षिकोत्सबको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथीले पहिलो रक्तदाता बुद्धिराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको थियो ।संस्थाका अध्यक्ष नवीन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहकारिका सात सिद्धान्त संस्थाकी सदस्य बिन्दु बरालले वाचन गरेकी थिइन् भने स्वागत मन्तव्य सहसचिब बुद्धि बरालले राखेका थिए ।
कार्यक्रममा ४२ युनिट रगत सन्कलन गरिएको कार्यक्रमका संयोजक तथा संस्थाका कोषाध्यक्ष श्रीनाथ वाग्लेले जानकारी गराए। कार्यक्रममा जलेश्वोर सर्बहित समाजका अध्यक्ष भिम बहादुर बराल, नवदुर्गा टोल बिकास संस्थाका अध्यक्ष सुर्यप्रसाद बराल, सुन्डाडा टोल बिकास संस्थाकाका अध्यक्ष शम्भु बहादुर बराल, समाजसेवि अमरराज बराल लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।्
कार्यक्रमको सञ्चालन संस्थाका सचिब शोभित बरालले गरेका थिए ।