एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औं सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको छ। ‘पार्टीको आजसम्म महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ। रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गरिएको छ,’ उनले भने, ‘सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो।’

साथै बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ। ‘पार्टीका सबै उपाध्यक्ष अब केन्द्रीय सचिवालयमा रहनुहुन्छ। सचिवालय सदस्य संख्या १९ पुगेको छ,’ उनले भने।

कमेन्टहरु
Loading...