सरकार हटाउन आन्दोलन नै उपयुक्त काँङ्ग्रेस नेता ः देउवा

पोखरा, २७ माघ/नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देऊवाले आन्दोलनबाट नै एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारलाई हटाउने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्ताहरुलाई पोखरामा सम्बोधन गर्दै नेता देउवाले सरकार र एकीकृत नेकपा माओवादीले सर्वसत्तावाद लाद्न खोजेकोले नै आन्दोलनको विकल्प नभएको बताए ।

उनले एमाओवादीले संवैधानिक र सहमतिको बाटोल बन्द गरेकोले आन्दोलनबाट नै माआवादीलाई सत्ताच्युत गर्ने बताए । एमाओवादीले निर्वाचन नचाहेको आरोप लगाउँदै देउवाले अबको निर्वाचनमा एमाओवादीलाई परास्त गर्नुपर्ने बताए ।

उनले त्यसका लागी चुनावमा जान कार्यकर्तालाई निर्देशन समेत दिए । एकीकृत नेकपा माओवादीका कारण प्रजातन्त्र, मानवअधिकार र प्रेस संकटमा परेकोमा उनको चिन्ता थियो ।

कमेन्टहरु
Loading...