पोखरा । नेकपा (एमाले)को मिसन ग्रास रूट अभियान अन्तर्गत कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ वडा कमिटीको बिस्तारित बैठक कमिटीका अध्यक्ष महेश्वर पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको छ ।
बैठकमा मिसन ग्रास रूट अभियानमा केन्द्रीय कमिटीबाट पालिका प्रतिनिधि पार्टी केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य कल्पना चापागाईले मिसन ग्रास रूट अभियानले पार्टी कमिटीलाई व्यवस्थित बनाउने, पार्टी सदस्यहरूलाई प्रशिक्षित गर्ने र परिवर्तन, राष्ट्र, राष्ट्रियताको आन्दोलनलाई नेतृत्व गर्ने पार्टीको रूपमा नेकपा (एमाले)लाई स्थापित गर्ने अभियानमा हामी सबै सँगै लाग्ने छौँ भन्दै बैठकलाई मार्गनिर्देशन गरेकी थिइन् ।
बैठकमा पार्टी गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य दिपक पौडेल, पार्टी पालिका कमिटी अध्यक्ष विवेक देवकोटा, पार्टी जिल्ला कमिटी सदस्य सोमनाथ पौडेल, पार्टी जिल्ला कमिटी सदस्य सगुन गुरूङ, पार्टी जिल्ला कमिटी सदस्य कमला केसी लगाएतले आफ्ना धारणा राखेका थिए ।