कार्यस्थलमा महिला माथिको विभेद कायमै रहेको गुनासो

पोखरा । नेपालमा संविधान र कानूनले नारी अधिकार सुनिश्चित गरिसकेको भएपनि पनि राज्यका विभिन्न पेशामा आवद्ध महिलाहरुले कार्यस्थलमा महिला माथिको विभेद कायमै रहेको गुनासो गरेका छन् ।

रोट्याक्ट क्लव अफ पोखरा मिडटाउनले नारी दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सहभागी महिलाहरुले उक्त गुनासो गरेका हुन् । सहभागिहरुले आफ्नै घर देखि समाज र राज्यका विभिन्न तहमा कार्यरत महिलाहरुको क्षमतालाई लिएर विभेद गरिने गरिएको वताए । आफूहरुलाई पूरुष भन्दा कम क्षमताको रुपमा आक्ने गरीएको प्रति दुःख ब्यक्त गर्दै महिलालाई हेर्ने समाजको परम्परागत सोचमा परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा आफ्नो अस्पातामालमा कार्यगर्दाको अनुभव वताउदै गण्डकी अस्पतालमा कार्यरत चिकित्सक डा. विधि धिताल पौडेलले सेवाग्राहीहरुले पुरुष चिकित्सक खोज्ने गरेको वताइन । जचाउन आउने विरामीहरुले पनि महिला डाक्टरलाइ पत्याउदैनन, पुरुष डाक्टर छैनन भन्छन डा. विधि भन्छिन । अस्पतालामा कार्यरत कर्मचारीहरुले पनि सँगसगैका पुरुष चिकित्सकहरुलाई सम्मानजनक भाषा वोल्ने तर महिला चिकित्सकलाई तिमि, बैनी भन्ने गरेको गुनासो गरिन ।

यसै गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरिक्षक समिक्षा घिमिरेको अनुभव पनि यस्तै छ । सकभर पुरुष अफिसर खोजिन्छ , जिम्मेवारी पनि पूरुषलाई दिने गरीन्छ । सायद महिला कमजोर हुन्छन भनेर होला ? उनि भन्छिन । आफू गाँउपालिका सचिव रहदा पनि महिला पनि सचिव हुन्छन र भनी आफूलाई कम आक्ने गरेको उनले दुखेसो पोखिन ।

अधिवक्ता जुना गुरुड संविधान र कानूनले महिला अधिकार दिए पनि हाम्रो पुरातनवादी समाजको कारण परिवर्तनको प्रत्याभूत हुन नसकेको वताईन ।
लामो समय देखि पर्यटन ब्यवसाय सँग आवद्ध लक्की क्षेत्रीले महिलाहरुलाई अझै पनि पेशा ब्यवसायमा आउन कठिन आवश्था रहेको वताइन ।

रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष रवीन्द्र नाथ बाँस्तोलाले महिलाहरु आफूलाई प्राप्त अधिकारको उपभोग गर्न सर्वप्रथम आफै सक्षम हुनपर्ने आवश्यकता औल्याए ।

रोट्याक्ट क्लव अफ पोखरा मिडटाउनका आध्यक्ष सन्देश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रो. थान वहादुर क्षेत्री, रोट्याक्ट आरजु घोताने , प्रशंसा अर्याल र सन्जिता खड्काले महिला अधिकार उपयोग गर्न आफै अग्रसर हुनपर्ने आवश्यकता औल्याए । कार्यक्रममा अध्यक्ष पराजुलीले वक्ताहरुलाई क्लवको तर्फवाट मायाको प्रशंसापत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...