मापदण्ड सरकारीबाटै शुरु गर्ने हो, पहिला छोड्न भन्छौ छोड्नु भएन भने छोडाउनु पर्छः मेयर आचार्य

गन्थन संवाददाता, पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले मापदण्डमा पर्ने संरचनालाई छोड्न आग्रह गरेका छन् । महानगरले पोखराको विन्यवासिनीदेखि तालबाराही चोकसम्म फुटट्रयाकको योजनालाई आगामी वर्ष पुरा गर्ने जानकारी दिँदै यसको मापदण्डमा पर्ने कुनै पनि संरचना छोड्न आग्रह गरेका हुन् ।

पोखरा २ विन्ध्यवासिनीदेखि पोखरा ६ तालबाराहीसम्म हरियालीसहितको सुन्दर फुटट्रयाकको निर्माण आगामी वर्ष सम्पन्न गर्ने योजना महानगरको छ । हाल फुटट्रयाकको मापदण्डमा पर्ने संरचनालाई हटाउन पहल तथा समन्वय भैरहेको मेयर आचार्यले जनाएका छन् ।

मापदण्ड पर्ने क्षेत्रमा सरकारी कार्यालयहरु पनि रहेकाले शुरुवात नै सरकारी कार्यालयबाट छोड्न आग्रह गरिने र छोेड्न नचाहेमा आवश्यक कदम अगाडी बढाइने उनले बताए । ‘मापदण्डमा जो जति हुनुहुन्छ, सबैले छोड्नु पर्छ । सरकारीबाटै शुरु गर्ने हो । पहिला छोड्न भन्छौ, छोड्नु भएन भने छोडाउनु पर्छ ।’ –मेयर आचार्यले भने ।

कमेन्टहरु
Loading...