पोखरा । ग्लोवल अवारनेस फाउण्डेश कास्की नेपालको प्रथम साधारण सभा एवम् ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ ।
लैङ्गिक समनाताका लागि बलियो आधार सृजना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गरेकी हुन्।
सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पु¥याउन आवश्यक रहेको बताइन् । उनले नारिमुक्ती आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै शुरु भएको दिवसले पछिल्लो समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राखिन् ।
कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाहरूको उत्सवको दिन रहेको बताउँदै आपनो भुमिकाको खोजि सहित महिला अघि बढ्नु पर्ने बताइन् । उनले आवाज कुनै छाल होइन तर उर्ले पछि परिवर्तन ल्याउने जनाउँदै आफनो अधिकार सहित कर्तब्यको पालना गरेर परिवर्तनको पाइला चाल्नु पर्ने बताइन् । उनले सम्मानले आगामी दिनमा पत्रकारिता मार्फत समाजका लागि अझ थप जिम्मेवार भएर काम गर्न ऊर्जा मिलेको बताइन् ।
संस्थाका अध्यक्ष चन्द्रा शर्मा महिला आन्दोलन र मुक्तिका लागि शुरुवात गरिएको आजको दिन महिलाको लागि विशेष रहेको बताइन् । उनले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितका लागि संस्था सचेतना देखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुरयाएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको बताइन् ।
कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्तोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधि सहित महिला दिवसको बारेमा आफ्नो धारणा राखेका थिए ।