पोखरा । रोटरी क्लव अफ पोखरा मिडटाउनको आयोजनामा शनिवार रुपा गाँउपालिकामा निःशुल्क स्वास्थ्थ शिविर सञ्चालन गरेको छ ।
रुपा गाउपालिका वडा नं १ स्यास्त्री स्थित कालिका माविको प्रागणमा सञ्चालित शिविरमा ३ सय ७५ जना स्थानीय वासीन्दाको स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधि वितरण गरीएका थियो ।
शिविरमा आउने स्थानीय वासिन्दाहरुलाई वालरोग, प्रशुति रोग, हाडजोनी, जनरल मेडिसिन , सर्जरी सम्वन्धि चिकित्सा सेवा उपलब्ध गराइएको थियो । हेल्थ क्याम्प कार्यक्रमका संयोजक डा. हरि पौडेललका अनुसार शिविरमा आउने महिलाहरुमा पाठेघर खस्ने समस्या, बृद्ध बृद्धाहरुका ढाड र घुडा दुख्ने , दम , ग्यास्टीक र उच्च रक्तचापको समस्या देखिएका छन् । शिविरमा नेपाल परिवार नियोजन संघको सहयोगमा परिवार नियोजन सम्वन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा डा. भोजराज न्यौपाने, डा. चण्डीका न्यौपाने, डा. हरी पौडेल, डा. पविन थापा, डा. विज्ञान पाण्डे, डा. सिता भण्डारी, डा. प्रिया करन लगायतले आफ्नो चिकित्सा सेवा प्रदान गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , रोट्याक्ट क्लवको पनि शिविर सञ्चालनमा सहयोग थियो ।
शिविरमा स्थानीयका उत्साहजनक उपश्थिति रहेको स्थानीय गाउपालिका, वडा नं १, कालिका मावि, कालिका आमा समुहले स्थानीय ब्यवस्थापमा उल्लेखनीय सहयोग गरेको क्लवका पूर्व अध्यक्ष ई महेन्द्र गोदारले वताए । यातायात ब्यवस्थापनमा भाष्कर मेमोरीयल स्कुलले सहयोग गरेको थियो ।
रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष रवीन्द्र नाथ बाँस्तोलाको अध्यक्षतामा सञ्चालित स्वास्थ्य शिविरको उद्घाटन गर्दै रmपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले रोटरीले आफ्नो गाँउपालिकामा खानेपानी, विद्यालय भवन निर्माण देखि स्वास्थ क्षेत्रमा गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन सघका केन्द्रीय महासचिव अर्जुन सिग्देल, वडा नं. १ का वडाध्यक्ष राम बहादुर गोदार, रोटरीयन ई महेन्द्र गोदार , रो डा. हरी पौडेलले वोलेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव विकास अधिकारीले गरेका थिए । कार्यक्रममा सहयोग गर्ने चिकित्सकहरु एवं स्थानीय संस्थाहरुलाई क्लवको तर्फवाट अध्यक्ष बाँस्तोलाले मायाको चिनो र प्रशंसापत्र प्रदान गरेका थिए ।