पोखरा । पोखरा १ बगरमा रहेको यस आस्था बचत तथा ऋण सहकारीले नवप्रवेशी सेयर सदस्यका लागि एक दिने सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण सम्पन्न गरेको छ ।
तालिममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाले समय समयमा सहकारीका सदस्यलाई सहकारी शिक्षा तथा बिभिन्न खालका तालिम दिनुपर्ने बताएयो । यसरी शिक्षा तालिम प्रदान गर्दा सदस्य र सहकारीको सम्बन्ध प्रगाढ रहने कुरामा जोड दिँदै वहाँले समुदायमा आधारित सहकारीमा कहिल्यै पनि समस्या नहुने र सामान्य समस्या परेमा पनि सदस्यहरुको सहभागितामा तुरुन्तै समाधान हुनेमा विश्वास व्यक्त गरे । सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन यस खालको गतिविधि सहायक हुने उनको भनाइ छ ।
संस्थामा पुरुष ९ सस ७०, महिला ९ सय २३ र संस्थागत ११ गरी १ हजार ९ सय ४ जना सेयर सदस्य छन् ।
कार्यक्रमको अध्यक्षतासमेत गरेकी शिक्षा उपसमिति संयोजक हसिना बस्नेतले सेयर सदस्यलाई नेतृत्व विकासका लागि गर्नुपर्ने काम र प्रक्रियाका बारेमा प्रकाश पारिन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले आस्था सहकारीको एैतिहासिक पृष्ठभुमी र हालसम्मको तरलता लगायत सम्पूर्ण आर्थिक तथा अन्य गतिविधिका वारेमा प्रस्तुति गर्नुका साथै सहकारी शिक्षा र सहकारीको अवधारणबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा शिक्षा उपसमितिका सदस्य हरिप्रसाद देवकोटाले सहकारीले निरन्तर सहकारी शिक्षा प्रदान गर्दै आएको र आगामी दिनहरुमा पनि विभिन्न किसिमका तालिमहरुको आयोजना गरिने हुनाले लक्षित सदस्यहरुलाइ खवर हुनेवित्तिकै सहभागिता जनाउनुपर्ने बताए । कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न भएको थियो ।