पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् ।
आज (शनिबार) पोखरामा भएको संस्थाको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिवमा दीपा पौडेल भण्डारी चयन भएका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा आशिष पुरी र संकल्प ढुङ्गाना चयन भएका छन् ।
संस्थाको प्रथम अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।
प्रेस क्लब गण्डकी नागरीकको सुचनाको हक, पुर्ण प्रेस स्वतन्त्रता मानव अधिकार, लोकतन्त्र र विधीको शासनको सम्मान गर्दै स्वस्थय, स्वछ र स्वतन्त्र रुपमा यथार्थ तथा तथ्यपुरक सुचना प्रवाह गर्ने लोकतन्त्रको संस्थागत विकास र समुन्नत समाजको निर्माणमा योग्दान पु¥याउने उद्देश्यले पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुले स्थापना गरेको संस्था भएको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार प्रेस क्लब गण्डकी जिल्ला प्रशासन कार्यालय कास्कीमा २०७९ कात्तिक २३ गते विधिवतरुपमा दर्ता भएको संस्था हो ।