पिएन स्ववियु निर्वाचनः जित्नकै लागि विद्यार्थी संगठनले भ्रम फैलाउँदै

गन्थन संवाददाता, पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति चैत्र ५ गते हुने घोषणा भएसँगै निर्वाचनमा भाग लिनका लागि आज (शुक्रबार) पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी संगठन तथा समूहले नाम दर्ता गराएका छन् ।
जस अन्तरगत विभिन्न १४ वटा विद्यार्थी संगठन तथा समूहले निर्वाचनमा भाग लिनका लागि दर्ता गराएका हुन् ।

अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी समूह, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, नेविसंघ गगन विश्वप्रकाश समूह, स्वतन्त्र विद्यार्थी समूहलगाएत १४ वटा विद्यार्थी संगठन तथा समूहले दर्ता गराएका छन् ।

तर संगठन तथा समूहले निर्वाचनकै लागि भनेर फेक (नभएको) समूह दर्ता गराएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार एमाले निकट अनेरास्ववियुले नेपाल विद्यार्थी समूह र नेविसंघ गगन विश्वप्रकाश समूह बनाएको, नेपाली काँग्रेस निकट नेविसंघले अनेरास्ववियु केपी समूह बनाएको र एकीकृत समाजवादी निकट अनेरास्ववियूले स्वतन्त्र विद्यार्थी समूह भनेर फेक समूह दर्ता गराएको छ ।

नभएको समूहको नाममा दर्ता गराएपछि विद्यार्थी संगठन बिच विवादको सिर्जना उत्पन्न भई भनाभनको स्थिति भएको थियो । स्ववियु निर्वाचन कार्यालय पिएन क्याम्पस श्रोतका अनुसार विद्यार्थी संगठन र क्याम्पस प्रशासनसँग सल्लाह गरेर दर्ता गरिएको विवादित नामका विषयमा सहमति गरेर टुङ्ग्याउने बुभिएको छ ।

यसरी हुँदै नभएको समूह निर्माण गरि दर्ता गर्दा विद्यार्थीहरुमा भने भ्रम सिर्जना भएको छ । निर्वाचन जित्नकै लागि विभिन्न भ्रम सिर्जना गर्ने विद्यार्थी संगठनले विद्यार्थीको विषयमा कसरी आवाज उठाउन सक्छ ? प्रश्न उब्जिएको छ ।

स्ववियु निर्वाचनमा विद्यार्थी संगठन विच तिव्र प्रतिस्पर्धा हुने अवस्थामा यस्तो गलत प्रवित्तिले निर्वाचनलाई निष्पक्ष भन्दा पनि विवादतर्फ लैजाने निश्चित भएको विश्लेषक बताउँछन् ।

कमेन्टहरु
Loading...