कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा प्रदेशमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...