थुनामुक्त भए पल शाह

काठमाडौँ । अभिनेता पल शाह थुनामुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । उनी तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर आज छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले हिजै उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

 

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

तस्विरः भाेजराज थापा

कमेन्टहरु
Loading...