९६ औं समता साङ्गीतिक कार्यक्रम सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक दुई दुई महिनामा आयोजना गर्दै आएको समता साङ्गीतिक कार्यक्रमको ९६ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो । लामो अन्तराल पछि सञ्चालन उक्त कार्यक्रमले गीत संगीतमा साधनारत नवप्रतिभाका लागि यस्ता मञ्च आफैमा पुल भएको हुँदा सहभागीले खुशी व्यक्त गरे ।

कार्यक्रममा गायक समिर गायक, जय चपागाई, महिमा खड्का, प्रतिक शर्मा, सुरेश सुनार, पुष्प शर्मा, संस्कार गौतम, वुद्दि हमाल, सुश्मिता बास्तोला, अभिशेक भुसाल, लगायतका कलाकारहरुले आफ्नो गायकी प्रस्तुत गरेका थिए । सङ्गीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीको सभाकक्षमा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा वाद्यवादनतर्फ प्रिशिक्षक करण तामाङ्ग, प्रशिक्षक खेम लामा, प्रशिक्षक अम्बर थापा, देवेन्द्र ढकाल, मिलन गिरी, समिर पुन, प्रतिक शर्मा, शर्मिला रोकायाले साथ दिएका थिए ।

संगीत संयोजक एम.डि. काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरुलाई झलकमान सारङ्गी पाठशालाका प्रशिक्षार्थीहरुले मंगल धुन बजाएर स्वागत थिए भने सचिव डा. चैतन्य अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...