गन्थन संवाददाता, पोखरा । वडा प्रहरी कार्यालय बैदामले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईड जरेबर स्थित शंकास्पद अवस्थामा हिँडिरहेका पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं.६ बस्ने ३१ वर्षीय सुरज नेपाली र तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.१० बस्ने २२ वर्षीय प्रज्वल राई भन्ने प्रज्वल कुमाललाई सोधपुछ तथा खानतलासी गर्दा उनीहरुको साथबाट लागु औषध भेटिएको थियो ।
सुरज नेपालीको साथबाट ६ एम्पुल डाईजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुफिन र प्रज्वल कुमालको साथबाट ५ एम्पुल डाईजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद भएको र निजहरूको घरकोठा खानतलासी लिँदा लागू औषध ४५ एम्पुल डाईजापाम, ४८ एम्पुल फेनेरागन, ४८ एम्पुल नुर्फिन, नाईट्रोभ्याट २१ ट्याबलेट रनगद रु.१,२६,५०० समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागु औषध सम्वन्धि मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।