संगम कपः उपाधिका लागि एलजी र नव आर्दश भिड्ने

पोखरा । साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिताको उपाधि सहित १ लाख ७५ हजार पुरस्कारको लागि शनिबार दिउसो १ः०० बजे पछि फाईनल खेल हुने भएको प्रतियोगिता संयोजक शिव गुरूङ (माया) ले बताए ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बरदान ताङवेको निर्णायक एक गोलको मद्वतले एल.जी.ले भ्याली स्पोट्स क्लव माथि १–० ले कठिन जित हात पार्दै यस बर्ष पनि उपाधि नजिक पुगेको हो । खेलको ४७ ओै मिनेटमा आशिस गुरूङको स्थानमा मैदान प्रबेश गरेका ताङवेले पेनाल्टी अवसरलाई सदुपयोग गरी खेलको दोश्रो हापको अन्तिम ईन्जुरी समयमा गोल गरेका हुन । खेलमा ताङवे नै म्यान अफ दी म्याच घोषित भए । भ्याली स्पोट्सले खेलको ८ मिनेटबाटै १० खेलाडीमा सिमित हुनु पर्याे । भ्यालीका प्रताव गुरूङले विपक्षि खेलाडीलाई गोल गर्ने अबस्थामा खेलाडीलाई तानेका कारण रेफ्रिले रेडकाड दिएका हुन ।

त्यसै गरी शुक्रबार भएको दोश्रो खेलमा नव आदर्श सामुदायिक विकास समाजले पोखराको सहारा क्लव माथि जित निकाल्न सडेन डेथमा कुर्रनु पर्यो । सडेन डेथमा सुमिन पुनले पोष्ट भन्दा बाहिर पेनाल्टी सुट फाल्नु नै फाइनलमा पुग्ने सहाराको सपना अधुरो रह्यो । नव आर्दशका बबि भुजेलले पेनाल्टी सुटमा गोल गरेका हुन्। ८० मिनेटको निर्धारित समयमा दुबै तर्फ १—१ गोलले खेल बराबरीमा, २० मिनेटको अतिरिक्त समयमा दुबै तर्फ गोल रहित बराबरी र टाईब्रेकरमा समेत दुबै तर्फ ३—३ गोल भए पछि खेल सडेन डेथमा पुगेको हो । नव आर्दशका अनुज भण्डारी, किशोर गुरुङ र सागर राईले टाईब्रेकरमा पेनाल्टी सुटमा गोल गर्न सफल भए भने सन्नी गुरुङ र आगमन खड्काको पेनाल्टी सुट विपक्षि गोलरक्षक असोक रेग्मीले उत्कृष्ट बचाउ गरे ।

त्यस्तै सहाराका गंग गुरुङ, संगम कार्की र सरोज गुरुङले पेनाल्टी सुटमा गोल गर्दा अनिल गुरुङले प्रहार गरेको वल विपक्षि गोलरक्षक आशिस केसीले उत्कृष्ट बचाउ गरे भने अविसेक रानाले प्रहार गरेको पेनाल्टी सुट वारमा लागेर फर्किएको थियो । खेलमा नव आर्दशका गोलरक्षक आसिस केसी म्यान अफ दी म्याच घोषित भए ।

नव आर्दशले खेलको १० ओै मिनेटमा पेनाल्टी मार्फत एक गोल गरी अग्रता कायम गरेको थियो । सहाराका मुकुन्द न्युरेले नव आर्दशका सोवित भण्डारीलाई डि—वक्स भित्र लडाए पछि पाएको पेनाल्टीको अवसरलाई नव आदर्शका अनुज भण्डारीले सदुपयोग गर्दै गोल गरेका हुन । त्यसै गरी सहाराका भागवत चौधरीले खेलको ४५ औं मिनेटमा गंग गुरुङको क्रस वलमा गोल गरेका हुन् ।

यसैबिच उक्त प्रतियोगिताको अवसरमा सेतीपुल वारी र पारी भेट्रान्स खेलाडीहरु बिच शनिबार बिहान ८ः०० बजे मैत्रिपूर्ण फुटवल खेल हुने भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । म्यान अफ दी म्याच घोषित खेलाडीहरुलाई ट्रफीको साथमा नगद एक हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक संगम क्लवका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।

कमेन्टहरु
Loading...