गन्थन संवाददाता, पोखरा । पोखरामा एटिएम मेसिन फोर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति १२ बजे पोखरा १० रामबजार स्थित एनआइसी एसिया बैंकको एटिएम, सोही राति साढे १ बजे पोखरा १५ बनक्याम्पस गट नजिक रहेको नेपाल बैंक लिमिटेडको एटिएम, बिहानै ४ बजे पोखरा १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको साँग्रीला बैंकको एटिएम फोर्ने कोशिस गरेको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने र सिसिटिभि क्यामेरालाई कागजले छोप्ने गरेको सूचनाका आधारमा उदयपुर गाइघाट ७ हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का शससिल चाम्लिङ र लमजुङ मस्र्याङ्दी गाउँपालिका ४ हाल पोखराा १७ छोरेपाटन बस्ने वर्ष २१ कै अर्जुन भन्ने लु बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि चोरी तथा डाँका सम्वन्धि कसुर अन्तरगत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।