तेश्रो संगम कप सेभेन ए साईड तयारी पुरा

पोखरा २६, माघ/पोखराको संगम क्लबको आयोजनामा भोलि शनिबारदेखि पोखरामा तेश्रो संकरणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । उद्घाटन खेलमा आयोजक संगम क्लब बी र एल्जी एसोसीयसन सी बिच खेल हुने भएको क्लवले जनाएको छ । प्रतियोगितामा दुई विभागिय सहित ४६ टोलीको सहभागिता रहेको क्लबका सचिव एवम प्रतियोगिताका संयोजक विवेक गुरुङले बताए । प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन अम्मरसिंह व्वाईज क्लब, पश्चिमपृतना हड्डा, सशस्त्र प्रहरी वल (एपिएफ) सहित ४६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता टोलीले ७६ हजार उपविजेताले ४० हजार ट्रफी मेडल साथमा प्रमाणपत्र वितरण गरीने भएको संयोजक गुरुङले बताए । उक्त पुरस्कारको राषि सेभेन ए साईड खेलमा सर्वाधिक भएको आयोजकले दाबी गरेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक बरिष्ठ सल्लाहकारहरु शंकर गु्रप हङकङ रहेको छ भने दोश्रो पुरस्कारको प्रायोजन संगम युकेको टोलीले उपलब्ध गराउने भएको छ । मिलन गुरुङ र टेकबहादुर तामाङको नेतृत्वमा उक्त पुरस्कार प्रयोजन भएको आर्थिक संयोजक महेन्द्र गुरुङ (माया) ले बताए । उनले उक्त प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख अर्च लाग्ने बताए ।
म्यान फ दी म्याचको ट्रफी भने पोखराको विशाल बजारमा रहेको अंकीत स्पोटर्सले प्रयोजन गरेको छ । क्लबले खेलको विकास गर्दै युवाहरुलाई खेलकुदमा पे्ररित गर्न पनि उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको क्लवका अध्यक्ष मणिप्रसाद गुरुङले बताए ।

कमेन्टहरु
Loading...