नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने बताएक छन् । प्रचण्डले गठबन्धन टुटाए भने आगामी निर्वाचनमा माओवादी अब ठूलो पार्टी बन्न नसक्ने जिकिर गरेका छन् । मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले
‘एमालेका कारणले गठबन्धन टुट्दैन, यस्ता हर्कत एमालेले गर्न सक्दैन’, उनले भने, ‘अस्थिर राजनीतिले हामी कसैलाई फाइदा हुन् सक्दैन । तर, नेकपा माओवादी केन्द्रमा अस्थिरता रहेको देखिएको छ ।’ उनले राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको बताए । भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रूपमा पनि नमिल्ने धारणा व्यक्त गरेका छन् ।