पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् ।
२०६८ सालदेखि पत्रकारिता शुरु गरेका घिमिरेले पोखरामा रहि सक्रिय पत्रकारिता गर्दै आएका छन् । पोखराको रेडियो बाराही, मेन समाचार, ताण्डव न्युज हुँदै पछिल्लो समय गन्थन डटकममा समाचार संयोजकको रुपमा आवद्ध थिए ।
घिमिरेले आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण गरेका छन् ।