दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको दोस्रो अधिवेशन फागुन ९ गते

पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्कीको दोस्रो अधिवेशन फागुन ९ गते हुने भएको छ । दुवै समितिको पोखरा सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा अधिवेशन हुने दशनामी युवा समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

गिरीका अनुसार पोखरामा हुने प्रदेशको अधिवेशनमा ११ वटा जिल्लाबाट गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आश्रम, आरण्य र तिर्थ गरी दशनामी युवाहरुको सहभागिता रहने गिरीले बताए । सबै जिल्लामा जानकारी गराएर तयारी पुरा भएको गण्डकी प्रदेश अध्यक्ष मनोज गिरीले बताए ।

सोही अवसरमा कास्की जिल्लाको पनि सोही स्थानमा दोस्रो अधिवेशन हुने दशनामी युवा समिति कास्कीका अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

पोखरा सिर्जना चोकमा रहेको साइमन पार्टी प्यालेसमा मंगलबार दिनको १२ः३० बजे सबै दशनामी युवाहरुलाई उपस्थित हुन अध्यक्ष गिरीले निम्तो दिए ।

कास्कीका निम्ति सम्पूर्ण तयारी पुरा भएको कोषाध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् । प्रदेशको हकमा पनि समन्वय भएको प्रदेश सदस्य सुर्य गिरीले बताए ।

कमेन्टहरु
Loading...