पोखरा । सामाजिक कार्यमा अग्रसर दारी ग्याङको सातौं वार्षिकोत्सव तथा दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बुटवलमा भएको राष्ट्रिय सम्मेलनबाट दिपेश सिग्देलको अध्यक्षतामा केन्द्रीय कार्यसमिति निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा जगदिश भण्डारी, सचिवमा मधुसुदन काफ्ले, कोषाध्यक्षमा बसन्त पहारी र सहसचिवमा अभिमन्यु पाण्डे निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा विपुल पोखरेल, दिनेश बोहोरा, असल सुवेदी, प्रसान्त आचार्य, सुमन कार्की र इश्वर दाहाल निर्वाचित भएका छन् ।