पोखरा युवा परिषद् १७ द्वारा विद्यार्थीलाई लागुऔषध दुर्व्यसनी सम्वन्धि सचेतना

पोखरा । पोखरा महानगरपालिका युवा परिषद् वडा नं. १७ ले विद्यार्थीलाई लागुऔषध दुर्व्यसनी सम्वन्धि सचेतना कार्यक्रम गरेको छ । युवा परिषद् वडा १७ को आयोजना र पोखरा महानगरपालिका वडा नं. १७ वडाकार्यालयको प्रायोजनमा छोरेपाटन माविका कक्षा ६, ७, ८ र ९ का विद्यार्थीहरुलाई शुक्रबार लागुऔषध दुर्व्यसनी सम्वन्धि सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समितिका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले प्रशिक्षण गराएका थिए । उनले लागु औषध दुर्व्यसनमा कसरी फसिन सकिन्छ र आफु बेलैमा सचेत कसरी हुने भन्ने बारे प्रशिक्षण गराएका थिए । साथै आफु पनि सचेत हुँदै आफ्ना नजिकका साथीहरुलाई पनि सचेत गराउन आग्रह गरेका थिए ।

पोखरा महानगरपालिका युवा परिषद् वडा नं. १७ की अध्यक्ष सरस्वती पुरीले समयमै सचेतना जगाउन सकेमा पछि गएर कुलतमा फस्नबाट बच्न सकिने भएकाले विद्यार्थीलाई सचेतना कार्यक्रम गरिएको बताइन् । साथीभाइको लहलहै वा कुनै पनि कारणले कुलतमा फस्न सक्ने सम्भावनालाई हटाउन सचेतना आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा पोखरा वडा १७ का जनप्रतिनिधि बिक्रम गुरुङ, वडा नं. १७ की सचिव मन्जु ढुङ्गाना, छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम सुवेदीलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिपाद्का सहसचिव समिर तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिएभने कार्यक्रमको सञ्चालन प्राणनाथ पौडेलले गरेका थिए । कार्यक्रमको सहजिकरण परिषद्का सदस्य प्रेम बिकले गरेका थिए ।

कमेन्टहरु
Loading...