लायन्स क्लब अफ पोखरा ब्लु स्काद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काइले पोखराको एक आधारभुत विद्यालयको विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ब्लु स्काइले पोखरा १८ लामागाउस्थित सिर्जना आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला, कपि, रङ तथा खेलकुदका सामाग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिनाले विशुद्ध सहयोगको भावना लिई अगाडी बढेको लायन्स क्लबका कार्य गर्व गर्न लायक रहेको बताए । साथै लक्षित वर्गलाई नै सम्बोधन गर्ने भएकाले लायन्स क्लबको गरिमा सधै माथी रहेको तिमिल्सिनाले बताए ।

त्यस्तै लायन्स क्लब अफ पोखरा ब्लु स्काइका अध्यक्ष कमल सुवेदीले लायन्स क्लबको सक्रियता र संस्थाले विभिन्न क्षेत्रमा गर्ने सहयोगका कारण संस्थाप्रतिको माया दिनप्रतिदिन बढ्दै गएको बताए । लायन्स क्लबले आइ परेका समस्यालाई उचित सम्वोधन गर्न हरदम तत्पर रहेको उनको भनाई थियो । शैक्षिक सामाग्री मात्र नभई विद्यालयमा अन्य समस्या भएमा पनि त्यसको समाधान गर्न ब्लु स्काई तयार रहेको सुवेदीले बताए ।

कार्यक्रममा सिर्जना आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष गणेश गिरी, लायन्स क्लब अफ पोखरा ब्लु स्काइका प्रथम उपाध्यक्ष दिपकराज अधिकारीलगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक निर्मल पौडेलले राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबकी सचिव विन्दु शर्माले गरेकी थिइन् ।

 

कमेन्टहरु
Loading...