अनेरास्ववियुको केन्द्रीय सचिवमा आशिर्वाद सुवेदी निर्वाचित

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को काठमाडौंमा सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनबाट आशिर्वाद सुवेदी केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् । बिहीबार भएको अनेरास्ववियुको निर्वाचनबाट विद्यार्थी नेता सुवेदी केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।

सुवेदी यस अघि अनेरास्ववियुको केन्द्रीय स्थायी कमिटी सदस्य थिए । उनी हाल अनेरास्ववियु गण्डकीका सह–इन्चार्ज हुन् । नेपालकै उत्कृष्ट एवं चर्चित क्याम्पस पृथ्वीनारायण क्याम्पसबाट राजनीतिमा उदाएका उनी कुशल संगठकको रुपमा परिचित छन् । हरेक शैक्षिक तथा अन्य आन्दोलनहरुमा अग्रमोर्चामा रहने सुवेदीले शिक्षा तथा विद्यार्थीको हक हितका लागि लड्दै आएका छन् ।

निर्वाचित पछि प्रतिक्रिया दिँदै सुवेदीले विद्यार्थी हक हितका लागि आफु सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । साथै निर्वाचनमा सहभागि सबैमा धन्यवाद ज्ञापन समेत उनले गरेका छन् ।

कमेन्टहरु
Loading...