अनेरास्ववियुको केन्द्रिय उपाध्यक्षमा कास्कीका प्रकाशको उम्मेदवारी

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा भैरहेको छ ।

विद्यार्थी नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा पोखरा ३१ कास्कीका प्रकाश भुजेलले अनेरास्ववियुको केन्द्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

भुजेल विगतदेखि विद्यार्थी राजनीतिमा अनुभव संगाल्दै विद्यार्थी हक हितका लागि काम गर्दै आएका छन् ।

विद्यार्थीमा परेका हरेक समस्यालाई उचित समाधान गर्न आफुले उम्मेदवारी दिएको उनको दावी छ ।

कमेन्टहरु
Loading...