पोखरा । चर्चित पप ब्याण्ड द एजले पोखराको क्वाटवाक क्लबमा विशेष प्रस्तुती दिने भएको छ । लेकसाइडस्थित क्वाटवाकमा ५ फागुनमा आफ्नो प्रस्तुती राख्न लागेको क्वाटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । द एज ब्याण्ड नेपाली पप संगीतको क्षेत्रमा चर्चित छ ।
एज ब्याण्डका ‘न चाहेको होइन तिमीलाई..’, ‘सम्झिने मुटु’, ‘जब तिमीसँग’, ‘मेरो आँशु’, ‘प्रयाश’, जस्ता गीत चर्चित छन् । कार्यक्रमको व्यवस्थापनको जिम्मा ‘प्रचार’ले लिएको छ । द एजले मंगलबार काठमाडौंमा भ्यालेन्टाइन डे विशेष शो सकाएर पोखरा आउन लागेको हो । पोखराबाटै उदाएको एज ब्याण्डले नेपाल भित्र र बाहिर शोहरु पाइरहेको छ । ५ गतेको कार्यक्रमका लागि टिकट बिक्रिको काम भइरहेको छ ।
कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री भइरहेको सञ्चालक लामाले बताए । टिकटको मूल्य पहिलो चरणमा एक हजार र दोस्रो चरणमा १५ सय र कार्यक्रमका दिनसम्म २ हजारसम्म पुग्ने लामाले जानकारी दिए । गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र बारमा सेवा पाउँछन् । अन्तर्राष्ट्रिय स्तरको डान्स बार , म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्य, टवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो ।