पोखरामा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गरेका छन् । उनले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरे ।

वडा सदस्य तथा कार्यक्रम संयोजक बसुन्धरा लामिछानेले वडामा रहेका सामाजिक सस्थाले अत्यन्तै प्रभावकारी कार्यक्रम गरिरहेको तर गरेका गतिविधिलाई सम्वन्धित ठाउँमा पुगेर राख्न नसकेको हुँदा यो कार्यक्रम आयोजना गरेको बताइन् ।

कार्यक्रमको संचालन वडा सदस्य विष्णुमणि बरालले गरेका थिए । तालिमको सहजीकरण रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी र पत्रकार शुस्मा पौडेलले गरेका थिए । तालिममा वडामा सामाजिक क्षेत्रमा क्रियाशिल सस्थाहरुका ५१ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...