पाेखरा । लामो समय विद्यार्थी राजनीतिमा होमिएका पोखराका शेखर गौतमले अनेरास्ववियुको केन्द्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हिजोबाट काठमाण्डौमा पार्टी अध्यक्ष केपी शर्माले महाधिवेशनको औपचारिक उद्धाटन गरेसँगै गौतमले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । गौतम विगत २० वर्ष देखि विद्यार्थी राजनीतिमा काम गरेको अनुभव सहित केन्द्रिय नेतृत्वमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिएका छन् ।
उनले आज फेसवुकमा एक पोष्ट गर्दै भनेका छन्–“भुगोलमा काम गरेको २० बर्षको अनुभव अब केन्द्रिय कमिटीमा रहेर लगानी गर्ने अबसर दिनुहुनेछ भन्ने बिश्वास बोकेको छु।” २०५४ सालमा स्कुल कमिटीवाट राजनीति सुरु गरी अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष हुँदै केन्द्रिय कमटिको सचिवालय सदस्यका रुपमा रहेका छन् । पोखरा र देशै भर विद्यार्थी आन्दोलन र कुनै पनि समस्या आउँदा अग्र मोर्चामा खटिएर काम गर्दै आएका गौतम अव केन्द्रीय रुपमा व्यवहारीक शिक्षालाई पहिलो एजेण्डाका रुपमा पेश गरेका छन् ।
विद्यार्थी आन्दोलनमा सडकका वाधका रुपमा परिचय वनाएका गौतमले नेतृत्वको निर्देशनलाई आत्मसाथ गर्दै विद्यार्थीहरु अध्यन नसक्दै विदेश जानुपर्ने वाध्यतालाई नीतिगत रुपमै परिवर्तन गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । अखिललाई वैचारिक र संगठनात्मक रुपमा वलियो वनाउन आफुले पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
सामाजिक रुपमा पनि समस्या परेका हरेक स्थानमा उनले उपस्थिती जनाई रहेका छन् । हिजोबाट काठमाण्डौमा सुरु भएको महाधिवेशन भोली बिहीबारसम्म चल्ने छ ।