गन्थन संवाददाता, पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आज (फागुन २ गते) देखि शुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा कास्कीका आशिर्वाद सुवेदीले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
सुवेदी हाल अनेरास्ववियुको केन्द्रीय स्थायी कमिटी सदस्य तथा अनेरास्ववियु गण्डकीका सह–इन्चार्ज हुन् । उनी नेपालकै उत्कृष्ट एवं चर्चित क्याम्पस पृथ्वीनारायण क्याम्पसबाट राजनीतिमा उदाएका हुन् । कास्कीबाट उदाएका सुवेदी कुशल संगठकको रुपमा परिचित छन् । हरेक शैक्षिक तथा अन्य आन्दोलनहरुमा अग्रमोर्चामा रहने सुवेदीले शिक्षा तथा विद्यार्थीको हक हितका लागि लड्दै आएका छन् ।
आजबाट हुने महाधिवेशनमा देशैभरिबाट १ हजार ५ सय ७३ जना प्रतिनिधिहरु सहभागि हुनेछन् । महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गर्नेछन् ।