होटल रानिवन आर्केडमा भोली प्रणय दिवस कार्यक्रम ,धर्मेन्द्र सेवानको विशेष प्रस्तुति 

पोखरा / पोखरा लेकसाइड गौरीघाट स्थित होटल रानीवन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो वारले फागुन २ गते मंगलबार तद अनुसार फेब्रअरी १४  का दिन प्रणय दिवसको (भ्यालेन्टाइन डे )को अवसर पारेर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ ।
वसुधैव कुटुम्बकम (the world is one family) भन्ने नाराका साथ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि नेपालका ख्याती प्राप्त कलाकार धर्मेन्द्र सेवान र उनको टोलीले विशेष साँगितिक कार्यक्रम गर्ने होटलका संचालक हरि भुजेलले जानकारी दिए ।
उनका अनुसार कर्णप्रीय संगीतको माध्यमबाट युवा युवती , युगल जोडी र परिवारलाई मनोरन्जन दिन साँझ ५ बजे पछी पुर्ण पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गरिनेछ । संगीतीक कार्यक्रमसंगै विभिन्न परिकारका व्यन्जन र पेय पदार्थसंगै रमाइलो वातावरणमा आफन्त, परिवारजन संग रमाउन मिल्ले वातवरण व्यवस्था गरेको कुरा अर्का संचालक एवम् कार्यक्रम संयोजक कुशबहादुर भुजेलले जानकारी दिए ।
 कार्यक्रममा सहभागी हुनकालागि टिकटको ब्यबस्था गरिएको छ। प्रत्येक टिकटमा २ जनाको लागी बुफे खाना र पेय पदार्थको ब्यबस्था गरिएको र लक्की ड्र मार्फत ३ जना विजेतालाई होटलले विशेष प्याकेजको उपहारको पनि ब्यबस्था गरिएको भुजेलले जानकारी दिए ।
कमेन्टहरु
Loading...