सिएमसि कास्कीद्वारा पोखरामा योगिक तनाव व्यवस्थापन प्रशिक्षण

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसि) कास्कीको आयोजनामा सहकारी क्षेत्रमा परेको मनोसामाजिक असर तथा चुनौतीहरुको सामना गर्न तथा आत्मबल बलियो बनाउन योगिक तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम पोखरामा गरिएको छ ।

कास्की जिल्ला भित्ररहेको प्रारम्भिक सहकारी संघ संस्थाका सञ्चालक, व्यवस्थापक प्रमुख तथा सहकारी कर्मचारीलाई लक्षित गरि उक्त प्रशिक्षण भएको हो ।

प्रशिक्षण राष्ट्रिय सहकारी बैंकको सहयोगमा युवा दार्शनिक मनोक्रान्ति योगा द्रष्टा डा योगी विकासानन्द्वारा दिइएको थियो ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या तथा चुनौतिको समना कसरी गर्ने र जटिल परिस्थितिमा पनि आफ्नो आत्मबल कसरी बढाउदै लैजाने विषयमा प्रशिक्षण गराइएको थियो । १ सय ६० बढीको उपस्थितिमा सम्पन्न प्रशिक्षणको अध्यक्षता सिएमसि कास्कीका अध्यक्ष अपिल कोइरालाले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक राम बहादुर जिसी, लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रा ढकाल पराजुली, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेफस्कुनका संचालक कमला गिरी, जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोईराला, केन्द्रीय दुग्ध उत्पादन संघका लेखा सुपरिवेक्षण समिति सदस्य नवराज बराल, जिल्ला कृषि संघ कास्कीका अध्यक्ष, पोखरा महानगर सहकारी समितिका सदस्य नारायण प्रसाद आचार्य, सिएमसि काभ्रेका रामकृष्ण रायमाझी, राष्ट्रिय सहकारी बैंकका पोखरा शाखा प्रमुख नरेश पाण्डे, तालचोक शाखा प्रमुख सन्तोष घिमिरे, नेफ्सकून पोखरा फिल्ड कार्यालय प्रमुख यमकला सुवेदीलगाएतको उपस्थिति रहेको थियो ।

 

कमेन्टहरु
Loading...