पोखरा १५ का भुमिहिन दलित, सुकुम्बासीलाई निस्सा वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ का भूमिहिन, भुमिहिन दलित र अब्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण सुरु गरिएको छ । पोखरा १५ पटनेरीका सुकुम्बासीहरुलाई पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल, वडाअध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरणको सुरुवात गरेका थिए । उपप्रमुख गुरुङले सिमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरिन् ।

निस्सा वितरण गदै उपप्रमुख गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताउदै कुनैपनि नागरिक जग्गा विहिन नहोस भन्ने उद्देश्यले काम अगाडी बढेको बताइन् । अव कोही पनि भुमि विहिन हुने अवस्था रहदैन उहाँले भन्नुभयो, “निस्सा प्राप्त ब्यक्तिहरुले जग्गा पाउने निश्चित भएको छ ।”

भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले निस्सा सेतो कागज मात्रै नभई रातो पुर्जा पाउने प्रमाण भएको बताउदै यसलाई जगत गरेर राख्न आग्रह गरिन् । लामो समयपछि भुमिहिन, दलित, सुकुम्बासीले बासोबासका लागि जग्गा प्राप्त गर्ने अवस्था सृजना भएको बताइन् । पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बलराम पौडेल, वडा स्तरीय सहजीकरण समितिका सदस्य नरेश थापा लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...