९ किलो सुनसहित क्यानडाका एक नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

बुधबार राति दुबईबाट काठमाडौं आएका मोहम्मद कमाल माहगौबलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो । पक्राउ पश्चात थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...