सृजना कप सामुदायिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता फागुन १६ देखि हुने

गन्थन संवाददाता, पोखरा । सृजना विकास केन्द्र सिमलचौर र कास्की जिल्ला भलिवल संघको आयोजनामा सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र छात्रा भलिबल प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ । पाँचौ संस्करणको उक्त प्रतियोगिता पोखरा रंगशालामा फागुन १९ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्ने आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुन पाउने यस प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुबै तर्फकालाई १ र १ लाख रुपैया, उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा दुवै खेलाडीलाई ५५ हजार र ट्रफी तथा अन्य ६ विधाहरु वेष्ट स्पाईकर, बेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सेटर र बेष्ट सर्भरलाई १/१ थान भलिबल प्रदान गरिनेछ । त्यस्तै वेष्ट प्रशिक्षकलाई रु ५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालन गर्न करीब ११ लाख खर्च लाग्ने अनुमान गरिएको र प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरी १ लाख ५० हजार रुपैया बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । बचत रकम भलिबल खेलकै विकास र विस्तारका लागि कोष खडा गरी जम्म गरिने र सृजना विकास केन्द्र द्वारा सञ्चालित बालगृहलाई सहयोग गरिने बताइएको छ ।

 

प्रेस विज्ञप्ती

मिति २०७९/१०/१७

सृजना विकास केन्द्र गण्डकी प्रदेशको राजधानि पो.म.न.पा सिमलचौरमा २०३७ सालमा स्थापित अग्रणी गैर सरकारी संस्था हो। संस्था स्थापना काल देखी महिला, बालबालिका, शिक्षा स्वास्थ्य, वातावरण खेलकूद स्थानिय सरकार सँग सामदारी कार्यक्रम लगाएत सामाजिक कार्य गर्दै आई रहेको व्यहोरा यहाहरु माझ सर्वविदितै छ ।

यसै गरी कास्की जिल्ला भलिबल संघ समय कास्केली भलिवल प्रेमीहरुको साझा संस्था हो भनिवल खेलको विकास, विस्तार र भलिवल खेलाडी उत्पादनमा सघाउने उद्देश्यले स्थापित संस्थाले भनिन खेलको विकास, विस्तार र प्रवर्द्धनका कार्यहरु गर्दै आएको विदितै छ । सृजना विकास केन्द्र सिमलचौर र कास्की जिल्ला भलिवल संघ हामी २ संस्थाको संयुक्त आयोजनामा विगत पाँच वर्षदेखि सुजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको यहाँहरुलाई जानकारी भएकै कुरा हो।

यसैको निरन्तरता स्वरुप यस वर्ष हामी सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिताको पाचौ संस्करण गर्न गइरहेको कुरा यहाँहरुलाई सगौरव जानकारी गराउदै हामीले गौरवान्वित महशुष गरेका छौं । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा र ‘स्कुल स्कुलमा भलिवल खेल पुयाउने लक्ष्यसहित हुने प्रतियोगिता २०७९ साल फाल्गुण १६ गते देखी १९ गते सम्म पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना गरिने छ । यस प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् ।

कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुन पाउने यस प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान गरेका छौं । राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय एवम् विद्यालयबाट खेलको जग (बेस) बलियो बनाई जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगितामा कुना कन्दरामा लुकेर रहेका प्रतिभाले आफ्नो प्रतिभा उजागर गर्न पाउने र यसबाट राम्रा खेलाडी उत्पादन हुने हामीले विश्वास लिएका छौ । प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुबै तर्फकालाई १ / १लाख उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५ / ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा दुवै खेलाडीलाई ५५ हजार र ट्रफी तथा अन्य ६ विधाहरु वेष्ट स्पाईकर, बेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सेटर र बेष्ट सर्भरलाई १/१ थान भलिबल प्रदान गरिनेछ । वेष्ट प्रशिक्षकलाई ५,०००/- प्रदान गरिनेछ प्रतियोगिता सञ्चालन गर्न करीब ११ लाख खर्च लाग्ने अनुमान गरेका छौं। प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरी १लाख ५० हजार रुपैया बचत गर्ने लक्ष्य राखेका छौ । बचत रकम भलिबल खेलकै विकास र विस्तारका लागि कोष खडा गरी जम्म गरिने र सृजना विकास केन्द्र द्वारा सञ्चालित बालगृहलाई सहयोग गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न दुवै संस्थाका कार्यसमितिका पदाधिकारी रहेको व्यवस्थापन समिति गठन गरिएको छ । त्यसै गरी दुवै संस्थाका पूर्व अध्यक्ष एंव सल्लाहकार सहितको सल्लाहकार सहितको सल्लाहकार समिति र निर्वतमान अध्यक्ष ईन्द्र प्रसाद पौडेलको संयोजकत्वमा तथा प्रचार प्रसार समिति गठन गरिएको छ ।

प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न तपाईं पत्रकार मित्रहरुको अमूल्य सहयोग आवश्यक छ । यहाँहरुले प्रचारप्रसारमा सहयोग गरिदिई यस प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउनु हुने हुनेछ भन्ने विश्वाससहित उपस्थितीका लागी धन्यवाद तथा आभार व्यक्त गर्दछु । धन्यवाद

मिन प्रसाद भट्टराई

सृजना विकास केन्द्र

संयोजक

पूर्व अध्यक्ष एंव सल्लाहकार

सह-संयोजक

लेखनाथ लम्साल

उपाध्यक्ष

कास्की जिल्ला भलिवल संघ

कमेन्टहरु
Loading...